१८ सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१८ सामुदायिक विद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तरण


१९ आश्विन २०७७, सोमबार


डोल्पा । कोरोना महामारीको कारण करिब ६ महिनादेखि बन्दा रहेका विद्यालयहरू अझै पनि खुल्न सकेका छैनन् । बन्द अवस्थामा रहेका विद्यालय खुल्ने बित्तिकै बालबालिकाहरूले अध्ययन गरुन् भन्ने हेतुले प्लान ईन्टरनेशनल र किर्डाक नेपालले दुई स्थानीयतहका १८ सामुदायिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

प्लान ईन्टरनेशनल र किर्डाक नेपालको साझेदारीमा सञ्चालित कर्णालीमा शिक्षा कार्यक्रम अन्तरगत डोल्पाका जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाका १८ सामुदायिक विद्यालयका बालबालिकाहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको प्लान नेपालकी जिल्ला संयोजक सविना बोहराले जानकारी दिइन ।

संयोजक बोहराका अनुसार कोरोनाले घरमै थन्किएका बालबालिकाको पठनपाठन सिप विकास,क्षमता विकास अभिवृद्धि गर्न र घरैमा बसेर बालबालिकाको पठनपाठन बानीको निरन्तरता होस भनी सिकाई सामाग्रीहरू दुई गाउँपालिकाका १८ सामुदायिक विद्यालयका बालबालिकाहरूलाई वितरण गरिएको बताई ।

लामो समय देखि पढाई तथा सिकाइ बिर्सेका सामुदायिक विद्यालयका बालबालिकाहरूले यस्तो कोरोना महामारीको बेलामा घरमै बसेर रमाइला पठनपाठन सिकाई सामाग्री पाउँदा बालबालिकाहरू हर्षित भएको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक हिराबहादुर थापाले जानकारी दिए ।

थापाले भने कोरोनाको कारण विद्यालय खुलेका छैनन् बालबालिकाले यिनै सामाग्रीबाट भए पनि आफ्नो पढाइ सिपको निरन्तरता दिनेमा विश्वास लिएका छौ यसमा अभिभावकले समेत बालबालिकाहरूलाई पढाउनमा जोड दिन आग्रह गरे ।

दुई गाउँपालिकाका १८ सामुदायिक विद्यालयका बालबालिकाका लागि स्वास्थ्य सामाग्री,फील्पचार्ट,पोस्टर,शिक्षक निर्देशिका,सन्दर्भ सामाग्री,अभ्यास पुस्तिका,वर्णमाला,अंकगोटी लगायतका अन्य पढाइमा सहयोग पुर्‍याउने शैक्षिक सामाग्री आफूहरूले पाएको त्रिपूरा कागमारा आधारभूत विद्यालयका प्रधानाध्यापक दत्त बहादुर बोहोराले जानकारी दिए ।

कोरोनाको कारण बालबालिकामा पढ्ने बानी शून्यतामा झरेकोले प्लान नेपाल र किर्डाक नेपालले कर्णालीमा शिक्षा कार्यक्रम मार्फत प्रदान गरेका शैक्षिक सामाग्रीले निकै ठुलो सहयोग पुग्ने र सबै शिक्षकले समुदायमा पुगेर बालबालिकाहरूलाई पढाइमा निरन्तरता दिन आग्रह गर्ने सामुदायिक विद्यालयका शिक्षकहरूले शैक्षिक सामाग्री बुझ्दै खुसी व्यक्त गरे ।

डोल्पामा प्लान ईन्टरनेशनल नेपाल र किर्डाक नेपालले कर्णालीमा शिक्षा कार्यक्रम मार्फत पढाइलाई प्रभावकारी बनाउन ठुलो भूमिका खेली रहेको छ । कोरोना भाइरसले विद्यालयहरू बन्द अवस्थामा रहे पनि विद्यालयहरूमा साबुन पानीले हात धुने व्यवस्थाका साथै मास्क,सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री समेत व्यवस्थापन गरिदिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस