‘मुन्द्रेको कमेडी क्लब’ मा अब दीपाश्रीको ठाउँमा करिश्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘मुन्द्रेको कमेडी क्लब’ मा अब दीपाश्रीको ठाउँमा करिश्मा


१८ आश्विन २०७७, आइतबार


काठमाडौं । कलाकार जितु नेपाल मुन्द्रेको हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनको अध्यक्षका रुपमा करिष्मा मानन्धर देखिने भएकी छिन्। यसअघि दीपाश्री निरौलाले उक्त भूमिका निर्वाह गरिरहेकी थिइन्।

लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृ‌ंखलालाई ‘सिजन २’ भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए।

नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८:४५ मा प्रसारण हुनेछ।

जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन्।

उनले भने, ‘नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ। पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं।’

हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन्। कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस