मुसिकोट प्रशासनमा सेवा लिन जाँदा निवेदन आवश्यक नपर्ने, वडाकै पत्रमा सही छाप गरे पुग्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मुसिकोट प्रशासनमा सेवा लिन जाँदा निवेदन आवश्यक नपर्ने, वडाकै पत्रमा सही छाप गरे पुग्ने


१८ आश्विन २०७७, आइतबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम(पश्चिम)को कार्यालयमा सेवा लिन जाँदा निवेदन आवश्यक नपर्ने भएको छ ।

सेवाग्राहीलाई सेवा लिने क्रममा निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवालाई छिटो छरितो तथा सुलभ रूपमा उपलब्ध गराउन स्थानीय तहका वडा कार्यालयहरूबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नु पर्ने अवस्थाको अन्त्य गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जनाएका छन् ।

उनका अनुसार अब थप निवेदनको सट्टा वडा कार्यालयको सिफारिस पत्रमा उल्लेखित ब्यहोरा ठिक साँचो हो, फरक परेमा प्रचलित कानुन बमोजिम सहुँला बुझाउँला भनी सिफारिस पत्रमा नै सेवाग्राहीले सहिछाप गराई सेवा दिइने छ । साथै वडाको सिफारिस भएका विषयमा निवेदन लेखिरहन नपर्ने भए पनि आवश्यक दस्तुर (हुलाक टिकट) तथा अन्य कागजातहरू भने अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस