भीमफेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भीमफेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते


१८ आश्विन २०७७, आइतबार


मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो सुमो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस