आइपिएल : दिल्लीले कोलकातालाई १८ रनले हरायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आइपिएल : दिल्लीले कोलकातालाई १८ रनले हरायो


प्रशासन संवाददाता

१८ आश्विन २०७७, आइतबार


काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्सलाई १८ रनले पराजित गरेको छ । शनिवार राति दिल्ली र कोलकाताबीच भएको खेलमा कोलकाता १८ रनले पराजित भएको हो ।

दिल्लीले दिएको २२८ रनको चुनौती सामना गर्दै कोलकाताले २१० रन मात्रै बनाउन सक्यो । कोलकाताले २० ओभरमा ८ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

कोलकाताका नितिश रानाले सर्वाधिक ५८ रन बनाए  । त्यस्तै इयोन मोर्गनले ४४ र सुभम गीलले २८ रन बनाए ।

यसै गरी दिल्लीका लागि कप्तान श्रेयस ऐरले ८८ रन, पृथ्वी शाले ६६ रन, रिषव पन्तले ३८ र  शिखर धवले २६ रन बनाए ।

यस्तै शनिवार नै भएको अर्को खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो।

आइपिएलमा आज दुई खेल हुने छन् । पहिलो खेल मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच हुने छ भने दोस्रो खेल किंग्स इलेभेन पञ्जाब र चेन्नई सुपरकिंग्स भिड्ने छन्।

प्रतिक्रिया दिनुहोस