बडीकेदार गाउँपालिका एक साताका लागि बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बडीकेदार गाउँपालिका एक साताका लागि बन्द


१६ आश्विन २०७७, शुक्रबार


डोटी । डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कार्यालयको सम्पूर्ण काम काज एक साताका लागि बन्द गरिएको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्ठी भएसँगै उच्च सतर्कता अपनाउँदै एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर धामीले बताए ।

असोज ११ र १२ गते शङ्कास्पद ४० जनाको पिसीआर परीक्षणको लागि थ्रोव स्वाब सङ्कलन गरी सेती प्रादेशिक ल्यापमा पठाएकोमा बिहीबार प्राप्त नतिजा अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी सहित ३ जना एक जना बोगटान गाउँपालिकाका स्थानीय बासिन्दा सहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको निमित्त प्रशासकीय अधिकृत धामीले बताए ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा तथा कार्यक्रमहरू अर्को सूचना जारी नहुँदा सम्म ७ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि पीसीआर परीक्षण गर्न बाकी सबै कर्मचारीहरूको पीसीआर परीक्षण गरिने समेत धामीले बताए ।

बिहीबार देखिएका तिन जना सँगै गाउँपालिमा हाल सम्म संक्रमणको संख्या १६ जना मात्र रहेको छ । अरू १३ जना उपचार पश्चात घर फर्किसकेका छन् भने ३ जनालाई मात्र आइसोलेसनमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस