गायक रिजनको ‘दशैँ’ सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गायक रिजनको ‘दशैँ’ सार्वजनिक


१६ आश्विन २०७७, शुक्रबार


काठमाडौं । अमेरिकामा रहेर नेपाली गीत संगीत क्षेत्रमा क्रियाशील युवा गायक रिजन गिरीले आफ्नो नयाँ म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक गरेका छन्।

यस गीतमा गायक रिजन गिरी र उनकी आमा गंगा गिरीको शब्द, संगीत र स्वर रहेको छ। यस गीतलाई सम्पूर्ण ताम्राकारले संगीत संयोजन गरेका हुन्।

१६ वर्ष अघि इराकमा १२ नेपालीको बीभत्स हत्या गरिएको सत्य घटनालाई आधार बनाएर तयार पारिएको म्युजिक भिडियोमा वरिष्ठ कलाकार लक्ष्मी गिरी , कुशेन्द्र पुरुष ढकाल , रिजन गिरी र एलिजा न्यौपाने गिरीको मुख्य भूमिका रहेको छ भने अन्य धेरै सहायक कलाकारहरुको अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ।

सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चल जंग कार्कीले सम्पादन गरेका हुन्। रिजन गिरीको परिकल्पना र कथा रहेको यस भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो। गायक गिरीकै युट्युब च्यानल रिजन गिरी मार्फत भिडियो सार्वजनिक भएको हो।

यसअघि गायक गिरीले ‘कमलको फुल’ , ‘सन्ध्या’ लगायतका दर्जन बढी गीतहरू सार्वजनिक गरिसकेका छन्। सबै नेपालीहरूलाई दशैँको अग्रिम शुभकामना व्यक्त गर्दै गायक गिरीले यस भिडियोलाई हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्ण दर्शक, श्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

हेर्नुस् भिडियो: 

Tags :
प्रतिक्रिया दिनुहोस