वीरेन्द्रको ‘जाली रुमाल’ सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वीरेन्द्रको ‘जाली रुमाल’ सार्वजनिक


१६ आश्विन २०७७, शुक्रबार


काठमाडौं । गायक वीरेन्द्र श्रेष्ठको ‘जाली रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । भीम विष्टको शब्द संगीत रहेको गीतमा गायक वीरेन्द्र श्रेष्ठलाई गायिका मेलिना राईले साथ दिएकी छन्।

नृत्य निर्देशक कोरियोग्राफर गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा पल शाह र रियाशा दाहाल तथा कार्टुन क्रुका सरोज र आश्माको जोडीको रमाइलो नृत्य देख्न सकिन्छ।

काठमाडौंको तारेहोटेलमा दरबारको झल्को आउने सिनमा पललाई युवराजको रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा नवराज उप्रेतीको छायांकन र नवीन रिजालको सम्पादन रहेको छ।

हेर्नुस् भिडियो:

Tags :
प्रतिक्रिया दिनुहोस