डिजेल र मटितेलको मूल्य घट्यो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डिजेल र मटितेलको मूल्य घट्यो


१५ आश्विन २०७७, बिहिबार


काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट बिहीबार ९१ अक्टोबर २०२० मा प्राप्त खरिद मूल्यअनुसार निगमको बैठकले राति १२ बजेदेखि लागू हुने गरी डिजेल, मटितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

नयाँ मूल्यअनुसार डिजेल, मटितेल प्रतिलिटर ८९ रुपैयाँ निर्धारण भएको छ ।

पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । इन्डियन कर्पोरेसनबाट पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खरिद मूल्यमा केही बढेर आए पनि निगमले हाललाई यथावत् राखेको प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस