कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

१५ आश्विन २०७७, बिहिबार


सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्टयाक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कलौनीलाई पनि कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका केहीमा कोरोनाको लक्षण देखिएको र परीक्षण गर्दा संक्रमणको पुष्टि भएपश्चात् कन्ट्याक्ट ट्रेसिङअनुरूप पिपिआर परीक्षण गर्दा प्रदेश प्रमुख कलौनीमा कोरोना पुष्टि भएको प्रदेश प्रमुख कलौनीका प्रमुख स्वकीय सचिव चूडामणि कलौनीले बताए ।

प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनी होम आइसोलेसनमा बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस