कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी भर्ना गर्न प्रदेश २ सरकारले लोक सेवा आयोगलाई दियो स्वीकृति


१२ आश्विन २०७७, सोमबार


जनकपुरधाम । प्रदेश लोक सेवा आयोगलाई प्रदेश २ सरकारले कर्मचारी भर्ना गर्ने स्वीकृति दिएको छ।

प्रदेशमा निजामति सेवा ऐन पारित नभएसम्मका लागि संघीय ऐनलाई नै टेकेर प्राविधिक कर्मचारी भर्ना गर्न सरकारले प्रदेश लोक सेवा आयोगलाई स्वीकृति दिएको हो ।

सोमबार बसेको प्रदेशस्तरीय मन्त्री परिषद्को बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौं तह सम्मको भर्ना लिन स्वीकृति दिएको  हो ।

त्यसैगरि सो बैठकले लोक सेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोक सेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्र कुमार यादवलाई जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस