तिम्रो म ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तिम्रो म !


१० आश्विन २०७७, शनिबार


तिमीले चिनेको म,
संसारको जालमा परिसक्यो ।
तिमीले सोचेको म,
ओइलाएर झरिसक्यो ।

समयसँगै बदलिने समयको साथले,
जिन्दगीले बेला कुबेला लगाउने मातले ।
तिमीले बुझेको म,
दुर्गन्धमा परिसक्यो ।
तिमीले सोचेको म,
ओइलाएर झरिसक्यो ।

चारैतिरको नाना भाती, प्रहारको प्रभावले,
आफ्नै वरिपरिको स्वच्छताको अभावले,
तिमीले खोजेको म,
धेरै अघि मरिसक्यो ।
तिमीले सोचेको म,
ओइलाएर झरिसक्यो ।

 

प्रतिक्रिया दिनुहोस