बन्दाबन्दी लामो भयो ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बन्दाबन्दी लामो भयो !


१० आश्विन २०७७, शनिबार


बन्दाबन्दी लामो भयो, कोरोनाको कहर छ ।
मास्क लाउनु , दुरी राख्नु विज्ञको यही ठहर छ ।।

बाघ, भालु, सर्प, बिच्छी बरु तिनको डर छैन ।
मान्छेदेखि मान्छे भाग्ने त्रास चारै प्रहर छ ।।

विज्ञानको यत्रो विधि चमत्कार हुँदा पनि,
नदेखिने नाथे भाइरस कस्तो यसको जहर छ ?

साथीभाइ भेटघाट गर्ने पार्टी, पिकनिक मनाउने,
बालबालिका, युवा, वृद्ध सबको एउटै रहर छ ।।

बन्दाबन्दी लामो भयो, कोरोनाको कहर छ ।
मास्क लाउनु, दुरी राख्नु विज्ञको यही ठहर छ ।।

—अस्तु—

 

प्रतिक्रिया दिनुहोस