अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु


एजेन्सी

९ आश्विन २०७७, शुक्रबार


बघलान । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको मृत्यु भएको छ ।

अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो ।

बाघलान प्रान्तमा सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको र त्यसमा रहेका दुई जना पाइलटको ज्यान गएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ ।

बाघलान प्रान्तको पल एक खुम्री नगरमा सो सैनिक हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटनामा परेको बताइएको थियो । यहाँको रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा सो बारेमा जानकारी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस