कर्णालीमा यातायात लाइसेन्स वितरण शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णालीमा यातायात लाइसेन्स वितरण शुरु


८ आश्विन २०७७, बिहिबार


सुर्खेत । वीरेन्द्रनगरबाट नयाँ लाइसेन्स वितरण शुरु गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज सेवाग्राहीलाई नयाँ लाइसेन्स वितरण गरे । गत माघ ६ गतेदेखि नयाँ लाइसेन्स सेवा शुरु गरेको कर्णालीको यातायात व्यवस्था कार्यालयले आज मुख्यमन्त्री शाहीको उपस्थितिमा पाँचसय ५३ नयाँ लाइसेन्स वितरण गरेको छ ।

गत माघदेखि सेवा शुरु गरिए पनि छपाइ गर्न काठमाडौँ पठाउनुपर्ने र कोभिड–१९ का कारण वितरण प्रक्रिया ढिला भएको यातायात व्यवस्था कार्यालयका प्रमुख आनन्द चपागाईंले जानकारी दिए ।

उनका अनुसार नयाँ लाइसेन्सबाट मात्रै रु आठ लाख ९२ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक वर्षमा रु १० करोड ७३ लाख राजश्व सङ्कलन गरिएको जनाएको छ ।

‘उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्नुस्’

मुख्यमन्त्री शाहीले उत्तरदायी र पारदर्शीरुपमा लाइसेन्स वितरण गर्न निर्देशन दिएका छन् । सुर्खेतबाट पहिलो पटक गरिएको लाइसेन्स वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यातायात व्यवस्था कार्यालय कर्मचारीलाई लाइसेन्स लिन भनसुन र पहुँचभन्दा पनि उत्तरदायी र पारदर्शीरुपमा नागरिकलाई नयाँ लाइसेन्स वितरण गर्न निर्देशन दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस