कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त « प्रशासन
prasaLogo
८ आश्विन २०७७, बिहीबार

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त


प्रकाशित मिति : 24 September, 2020 3:15 pm

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् ।

बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइराला आफैले पनि सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिँदै चिकित्सकको सल्लाहअनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने र त्यसपछि पार्टीको नियमित काममा फर्किने बताएका छन् ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ओम अस्पताल भर्ना भएका थिए ।

कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस