डडेल्धुरामा कोरोनाबाट एक पुरुषको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डडेल्धुरामा कोरोनाबाट एक पुरुषको मृत्यु


ममता भट्ट

८ आश्विन २०७७, बिहिबार


डडेल्धुरा  ।  डडेल्धुरामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिकाका अन्दाजी ४८ वर्षीय पुरुष रहेका छन्।

दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा आएको अस्पातल प्रशासनले जनाएको छ। तर, डडेल्धुरा अस्पतालका निमित्त मेसु डा. जगदिशचन्द्र विष्टले उनको अस्पताल पुग्नु भन्दा पहिलेनै मृत्यु भइसकेको बताए।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको डडेल्धुराको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए। योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस