बितेको २४ घण्टामा विश्वमा २ लाख २२ हजारमा कोरोना संक्रमण, ३ हजार ४७९ को मृत्यु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

बितेको २४ घण्टामा विश्वमा २ लाख २२ हजारमा कोरोना संक्रमण, ३ हजार ४७९ को मृत्यु


एजेन्सी

७ आश्विन २०७७, बुधबार


काठमाडौं । बितेको २४ घण्टामा विश्वमा २ लाख २२ हजार २५६ जनामा कोरोना संक्रमण देखिएको छ, भने ३ हजार ४७९ संक्रमितको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको थियो, भने ४ हजार ६९८ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

जसअनुसार यो अघिल्लो दिनको तुलनामा कम हो ।

विश्वमा हालसम्म ९ लाख ६२ हजार ६१३ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ ।

संक्रमितको संख्या ३ करोड ११ लाख ७४ हजार ६२७ पुगेको तथ्यांकमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस