वितेको २४ घण्टामा विश्वमा २ लाख ७२ हजारमा कोरोना, संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वितेको २४ घण्टामा विश्वमा २ लाख ७२ हजारमा कोरोना, संक्रमितको संख्या ३ करोड ९ लाख नाघ्यो


एजेन्सी

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । वितेका २४ घण्टामा विश्वमा २ लाख ७२ हजार ५८५ जनामा कोरोना पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो दिनको तुलनामा संक्रमितको संख्यामा केही कमी आएको हो ।

अघिल्लो २४ घण्टामा ३ लाख ३ हजार ८०० मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

विश्वमा हालसम्म ९ लाख ५९ हजार ११६ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ४ हजार ६९८ संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड ९ लाख ४९ हजार ८०४ पुगेको तथ्यांकमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस