आईपीएलमा बेङ्गलोरको उत्कृष्ट प्रदर्शन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आईपीएलमा बेङ्गलोरको उत्कृष्ट प्रदर्शन


एजेन्सी

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोरले उत्कृष्ट प्रदर्शन गरेका छन्।

सोमबार भएको खेलमा बेङ्गलोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

बेङ्गलोरले दिएको १६४ रनको लक्ष्य पछ्याएको हैदरावादले १९।४ ओभरमा सबै विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । ओपनर जोनी बेयर्‍स्टोले अर्धशतक प्रहार गरेपछि मिडल अर्डरका खेलाडी लगातार आउट हुँदा हैदरावाद जितसम्म पुग्न सकेन । बेयर्‍स्टोले सर्वाधिक ६१ रन बनाउँदा मनिस पाण्डेले ३४ र प्रियम गर्गले १२ रन जोडे । बाँकी खेलाडी दोहोरो अंक नजोडी आउट भए ।

बेङ्गलोरका लागि युजभेन्द्र चाहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । यस्तै शिवम दुबे र नवदीप सैनीले २–२ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६३ रन बनाएको थियो । बेङ्गलोरका लागि युवा ओपनर देबदत्त पाडिक्कल र एबी डे भिलियर्सले अर्धशतक प्रहार गरे ।

 

प्रतिक्रिया दिनुहोस