यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यती एयरलाइन्सले ल्यायो आन्तरिक घुमफिर प्याकेज, कहाँ जान कति


५ आश्विन २०७७, सोमबार


काठमाडौं । यती एयरलाइन्सले नेपालीहरूलाई देशभित्र घुम्नका लागि विभिन्न गन्तव्यका प्याकेज ल्याएको छ।

एयरलाइन्सको वार्षिकोत्सव तथा कोभिड-१९ पछि खुलेको नियमित उडानलाई प्रवर्द्धन गर्न भन्दै एयरलाइन्सले विभिन्न गन्तव्यका लागि प्याकेज ल्याएको छ। अहिलेको समयमा विदेशबाट पर्यटक आउने सम्भावना नभएको र स्वदेशी पर्यटक नै मुख्य आधार भएकाले एयरलाइन्सले प्याकेज ल्याएको हो।

कोभिड १९ महामारीकै क्रममा सुरू भएको उडान सुरक्षित तरिकाले गरिने र यही बेला आन्तरिक पर्यटनको पनि विकास हुने एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले जानकारी दिए।

‘यो सही समय हो आन्तरिक पर्यटन प्रबर्द्धन गर्नका लागि। हामीले पहिलेदेखि नै यसको आवश्यकता देखिरहेका थियौं। भ्रमण वर्ष स्थगन भएको यही बेला आन्तरिक पर्यटनलाई पनि उकास्नुपर्छ,’ उनले भने।

यतीले यी प्याकेजहरु होटल, ट्राभल एजेन्सी लगायतका संस्थाहरुसँगको सहकार्यमा ल्याएको हो।

कुन प्याकेजको लागत कति ?

एभरेष्ट ट्रेल

सगरमाथा क्षेत्रको यो प्याकेज ४ रातको हुने छ। यसमा ब्रेकफास्ट र हवाइ टिकेट समावेस गरिएको छ। यसको लागत १४ हजार रुपैयाँ रहेको छ।

यसमा कूल पाँच दिन र चार रातको समय लाग्ने छ।

रारा
दुई रात तीन दिनको यो प्याकेजको लात २५ हजार रुपैयाँ छ। यसमा काठमाडौंदेखि नेपालगञ्ज र नेपालगञ्जदेखि मुगुसम्म दुई ट्रिप हवाइ यात्रा हुने छ। यो लागतमा ब्रेकफास्ट, लञ्ज र डिनर पनि समावेस गरिएको छ।

पोखरा
पोखराको अधिकतम ८ हजारसम्मको प्याकेज रहेको छ। यसमा होटलको स्तरअनुसार प्याकेजको लागत निर्धारण गरिएको छ। तीन तारे होटलका लागि ६ हजार रुपैयाँको प्याकेज रहेको छ।

२ रात ३ दिनको यो प्याकेजमा ब्रेकफास्टमात्र उपलब्ध छ।

चितवन

२ रात ३ दिनको यो प्याकेज पनि होटल सुविधाअनुसारको प्याकेज लागत रहेको छ। स्ट्यान्डर्ड होटको १३ हजार रुपैयाँ रहेको छ भने डिलक्स रिसोर्टको लागत १७ हजार रुपैयाँ रहेको छ। चितवनको प्याकेजमा खाना तथा बस्नको व्यवस्था रहेको छ।

मुक्तिनाथ

३ रात ४ दिनको यो प्याकेजमा काठमाडौंदेखि जोमशोमसम्म हवाइ यात्रा हुने छ। १२ हजार ९९९ रुपैयाँको यो प्याकेजमा ब्रेकफास्ट मात्र उपलब्ध रहेको छ।

मुक्तिनाथको अर्को प्याकेज पनि छ। यो ४ रात ५ दिनको छ। यसको लागत १६ हजार ९९९ रुपैयाँ रहेको छ।

अन्नपूर्ण ट्रेल

अन्नपूर्ण क्षेत्रको ट्रेक प्याकेज भने ५ रात ६ दिनको छ। यसमा काठमाडौंदेखि पोखरासम्म हवाइ यात्रा हुने छ। पोखरादेखि धम्पुससम्म गाडीमा गएर बास बसेर भोलिपल्ट ट्रेक सुरु हुने छ।

यसको लागत ११ हजार ९९९ रुपैयाँ रहेको छ।

त्यस्तै अन्नपूर्णकै लक्जरी प्याकेजको मूल्य भने १९ हजार ९९९ रुपैयाँ रहेको छ। यसमा ४ रात ५ दिनको यात्रा हुने छ। यसमा पोखरा बाहेका अन्य ठाउँमा खाना, नास्ता पनि समावेस गरिएको छ।

काठमाडौं प्याकेज

यतीले काठमाडौं बाहिरबाट आउनेका लागि पनि प्याकेज उपलब्ध गराएको छ। यतिले पोखराबाट, बिराटनगर,भरतपुर र नेपालगञ्जबाट आउनेका लागि काठमाडौं प्याकेज पनि उलब्ध गराएको छ।

यो प्याकेजमा डिलक्स रिसोर्ट र तीन तारे होटलको प्याकेज लागत निर्धारण गरिएको छ।

पोखराबाट काठमाडौं आउनेका लागि २ रातको डिलक्स होटलको १० हजार ९९९ रुपैयाँ र तीन तारे होटलको ६ हजार ९९९ रुपैयाँ रहेको छ।

त्यस्ते विराटनगरबाट आउनेका लागि डिलक्समा ११ हजार ९९९ रुपैयाँ र तीन तारेका लागि ७ हजार ९९९ रुपैयाँ छ।भरतपुरबाट आउनेका लागि डिलक्समा १२ हजार ९९९ रुपैयाँ र तीन तारेमा ८ हजार ९९९ रुपैयाँ छ।

नेपालगञ्जबाट आउनेका लागि डिलक्समा १४ हजार ९९९ रुपैयाँ र तीन तारेका लागि १० हजार ९९९ रुपैयाँ मूल्य रहेको छ।त्यस्तै जनकपुरबाट आउनेका लागि डिलक्समा १० हजार ९९९ रुपैयाँ र तीन तारेमा ६ हजार ९९९ रुपैयाँ छ।

तुम्लिङटारबाट आउनेका लागि डिलक्समा १२ हजार ९९९ रुपैयाँ छ। तीन तारेका लागि भने ८ हजार ९९९ रुपैयाँ छ।भैरहवाबाट आउनेका लागि डिलक्समा ११ हजार ९९९ रुपैयाँ छ भने ती तारेमा ७ हजार ९९९ रुपैयाँ छ।

भद्रपुरबाट आउनेका लागि डिलक्समा १२ हजार ९९९ रुपैयाँ छ भने तीन तारेमा ८ हजार ९९९ रुपैयाँ छ। यी प्याकेजहरु एयरलाइन्सका सेल्स अफिस तथा ट्राभल एजेन्टबाट खरिद गर्न सकिने छ। अनलाइनबाट पनि खरिद गर्न सकिने एयरलाइन्सले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस