११ करोडमा टोखा नगरपालिकाको भवन बन्दै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

११ करोडमा टोखा नगरपालिकाको भवन बन्दै



काठमाडौं । टोखा नगरपालिकाको भवन रु ११ करोड ९ लाख लागतमा निर्माण हुने भएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले सो लागतमा वडा नं ६ स्थित मैजुहिटीमा नगरपालिका नयाँ भवन निर्माण गर्न लागेको हो । भवन निर्माणका लागि टोखाले नगरपालिका हाताभित्र रहेको अस्थायी टहरा भत्काएको छ । भवन निर्माणका लागि निर्माण सेवा नुवाकोटसँग सम्झौतासमेत गरिसकेको छ ।

नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौँको आर्थिक लागतमा नगरपालिका भवन निर्माण गर्न लागिएको जानकारी दिए। अन्डरग्राउन्ड पार्किङसहित बन्न लागेको भवन साढे ६ तलाको हुनेछ । उक्त भवनमा लिफ्टसमेत जडान हुने उनले बताए ।

सम्झौतासँगै विसं २०७८ माघ २१ गतेसम्म भवन निर्माण गरेर हस्तान्तरण गर्नुपर्नेछ । हाल टोखा नगरपालिकाले आफ्नै भवन नहुँदा विभिन्न स्थानमा विभिन्न शाखा स्थापना गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस