‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बा श्री « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘महारानी’लाई मदन पुरस्कार, शान्ति ठटाललाई जगदम्बा श्री


४ आश्विन २०७७, आइतबार


काठमाडौं । यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’लाई प्रदान गरिने भएको छ ।

आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।

कोरोना महामारीको कारण उत्पन्न परिस्थितिलाई विचार गर्दै गुठीले पुरस्कार वितरण गर्ने मिति भने पछि सार्वजनिक गरिने जनाएको छ ।

यसअघि मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ पुस्तक सूची सार्वजनिक गरेको थियो । जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललति विष्टको मोहपथ र शारदा शर्माको यात्रामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस