१३२५ जनामा कोरोना संक्रमण, ९६६ जना डिस्चार्ज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

१३२५ जनामा कोरोना संक्रमण, ९६६ जना डिस्चार्ज


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।

उनीहरूमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस