पत्रकार महासङ्घ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान « प्रशासन
prasaLogo
४ आश्विन २०७७, आईतवार

पत्रकार महासङ्घ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान


प्रकाशित मिति : 20 September, 2020 10:23 am

गण्डकी । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशील नेलम्वो नेपालले नेपाल पत्रकार महासङ्घ कास्कीलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

कोरोना भाइरसका विरुद्ध अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षित तवरले काम गर्न सहयोग पुर्याउने उद्देश्यले पत्रकार महासङ्घ कास्कीको भवनमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई सामग्री प्रदान गर्दै सामाजिक दूरी कामय गर्दै मास्क र सेनिटाइजरको प्रयोगले कोरोना भाइरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा महासंङ्घका अध्यक्ष श्रेष्ठले प्राप्त सामग्रीको सही सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गरे । कास्की महासङ्घमा कुल ३०१ सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस