नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न २३ अर्बभन्दा बढी ऋण दिँदै विश्व बैंक


२ आश्विन २०७७, शुक्रबार


काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई भरथेग गर्न रु २३ अर्ब ६० करोड ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

कोभिड-१९ को महामारीका कारण उत्पन्न सामाजिक-आर्थिक चुनौती सामना गर्न तथा नेपाल सरकारले अघिसारेका वित्तीय क्षेत्र सुधारका सबल योजना कार्यान्वयनका निम्ति बैंकले उक्त रकम ऋणस्वरुप उपलब्ध गराउन लागेको हो ।

‘आर्थिक विकासका निम्ति वित्त’ शीर्षकमा बैंकले नेपालको वित्तीय क्षेत्रको स्थायित्व, वित्तीय साधनको विविधीकरण, वित्तीय क्षेत्रमा पहुँच विस्तार तथा कोभिड-१९ को महामारीले सृजना गरेको परिस्थितिबाट अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने नेपाल सरकारका प्रयासमा सघाउन उक्त ऋण स्वीकृत गरिएको बैंकको वासिङ्टनस्थित प्रधान कार्यालयले आज जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस