भोलिदेखि चन्द्रागिरि केवलकार सञ्चालनमा आउने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

भोलिदेखि चन्द्रागिरि केवलकार सञ्चालनमा आउने


प्रशासन संवाददाता

३१ भाद्र २०७७, बुधबार


काठमाडौं । विगत ६ महिनादेखि बन्द रहेको चन्द्रागिरी केवलकार सञ्चालनमा आउने भएको छ ।

६ महिनादेखि बन्द रहेको चन्द्रागिरी केवलकार भाद्र २९ गते बसेको मन्त्रिपरिषद निर्णयलाई टेकेर सञ्चालन गरिन लागेको चन्द्रागिरी हिल्सले जनाएको हो। केही महिनादेखि जारी लकडाउनलाई सरकारले १ असोजबाट केही खुकुलो बनाउने निर्णय गरे सँगै अहिले निषेध आदेशबाट बन्द रहेको नयाँ पर्यटकीय हब चन्द्रागिरी विशेष स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउर सञ्चालनमा ल्याउने लागिएको चन्द्रागिरी हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले बताए ।

चन्द्रागिरी केबलकार र रिसोर्टलाई विगतका वर्षहरूमा भन्दा करिब ५० प्रतिशत कम मान्छे जम्मा हुने गरी सञ्चालनमा ल्याउन पनि तयारी थालिएको चन्द्रागिरी हिल्सले जनाएको छ।

चन्द्रागिरि केवलकार सञ्चालन आए पछि एउटा कारमा ८ जना यात्रा गर्न पाईने छैन भने अब देखि एउटा कारमा सामाजिक दुरी कायम गर्दै चार जना मात्रै यात्रा गर्नु पर्ने कम्पनीको नियम कायम गरेको छ।

महाप्रबन्धक शाहाले भने सेवाका लागि प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, स्यानिटाइज गर्ने लगायत सम्पूर्ण व्यवस्था मिलाइसकिएको जानकारी गराउँदै भने, ‘अब पहिलो चरणमा ५० प्रतिशत क्षमताका आधारमा बिस्तारै सञ्चालन गरिनेछ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) तथा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डअनुरूप कम्पनीले केबलकार र रिसोर्ट सञ्चालनको तयारी गरिएको छ।
निश्चित क्षमतामा मात्रै भए पनि सरकारको यस्तो निर्णयले कोरोनाले संकटको अवस्थामा पुगेको मुलुकको अर्थतन्त्रलाई छिटो पुनरुत्थान गर्न सकिने शाहको दावी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस