रेस्टुरेन्ट र आन्तरिक उडान असोज १ गतेदेखि खुल्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रेस्टुरेन्ट र आन्तरिक उडान असोज १ गतेदेखि खुल्ने


३० भाद्र २०७७, मंगलबार


काठमाडौँ । सरकारले होटेल तथा रेस्टुरेन्ट असोज १ गतेदेखि खुला गर्न दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेदेखि होटेल तथा रेस्टुरेन्ट खुला गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होटलहरुलाई खुला गर्न दिने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए ।

आन्तरिक उडान र लामो दुरीका सवारीसँगै असोज १ बाट नै होटेल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल व्यवसाय पनि सञ्चालन गर्न सकिने मन्त्री ज्ञवालीले बताए ।

हवाइ उडानमा ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ सिटमा १ जना मात्रै राख्न पाइने, स्यानिटाइर र मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने छ । भाडाको दर पर्यटन मन्त्रालयले तोकेअनुसार हुने निर्णय मन्त्रिपरिषद्‌ले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस