यस कारण ट्रम्प राष्ट्रपतिमा दोहोरिन सक्छन् « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

यस कारण ट्रम्प राष्ट्रपतिमा दोहोरिन सक्छन्


एजेन्सी

३० भाद्र २०७७, मंगलबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फेरि राष्ट्रपतिका लागि दोहोरिने सम्भावना उच्च रहेको छ । राष्ट्रपति ट्रम्पको लोकप्रियताको अवस्था हेर्दा केही साताअघिको तुलनामा निकै राम्रो देखिएको छ ।

अगष्ट महिनाको सुरुवातमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका जो बाइडन चुनावी दौडमा अगाडि थिए । तर, पछिल्लो १० दिनमा यो ट्रेन्डमा कमी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फाइभथर्टिएट वेबसाइटका अनुसार बाइडनको अग्रता दुई प्वाइन्टले कमी आएको छ । गत जुलाईको अन्तिममा ४० दशमलव २ प्रतिशत मत पाएका ट्रम्पले अहिले ४३ दशमलव २ प्रतिशत मत पाएका छन् ।

तर चुनावी प्रचारले मात्रै राष्ट्रपति निर्वाचन टम्पको पक्षमा नतिजा जान्छ भन्ने सकिने अवस्था नभएको र मानिसकहरुको लोकप्रियतामा ट्रम्प नै देखिएकाले यस्तो दाबी पनि गर्न सकिने अवस्था रहेको छ ।

ट्रम्प राष्ट्रपतिमा दोहोरिने सम्भावना यस कारण
१.ट्रम्पका समर्थकहरूमा पछिल्लो समय उत्साह बढ्दै गइरहेको
२. राजनीतिक वृत्त भन्दा बाहिरका व्यक्ति
३. निर्वाचनमा इन्टरनेटको प्रयोग,
४. आफ्नो एजेन्डालाई निरन्तर अघि बढाउनु,
५. सरकारी संयन्त्रको प्रयोग

 

 

Tags :
प्रतिक्रिया दिनुहोस