वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


प्रशासन विशेष ब्युरो

२९ भाद्र २०७७, सोमबार


काठमाडौँ । सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको बैठकले गौतमलाई सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। यसअघि नेकपाको स्थायी कमिटी बैठकले गौतमलााई राष्ट्रियसभामा पठाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो। गौतम बर्दिया क्षेत्र नम्बर १ बाट २०७४ सालको आम निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने तीन सदस्यमध्ये एक सिट ६ महिनादेखि खाली छ

मन्त्रिपरिषद्को सोमबारको बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी निर्णय हुने चर्चा चले पनि बैठकमा त्यसबारे छलफल भएन। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार अवकाश पाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस