कोरोना बीमामा नयाँ मापदण्ड, बिमांक रकमको २५ प्रतिशत मात्र दिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना बीमामा नयाँ मापदण्ड, बिमांक रकमको २५ प्रतिशत मात्र दिने


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


बीमा समिति

काठमाडौँ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । नयाँ मापदण्डअनुसार बीमितलाई कोभिड–१९ सङ्क्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ ।

आइसोलेसनमा बस्नु परेमा बिल भर्पाईका आधारमा थप ७५ प्रतिशतसम्म दिइनेछ ।

समितिका अनुसार भदौ २८ सम्म कोरोना बीमा गरेकाहरूको हकमा भने नयाँ मापदण्ड लागू हुने छैन । उनीहरूले सङ्क्रमण पुष्टि भएपछि एक लाख रुपैयाँ पाउनेछन् ।

व्यक्तिगत रूपमा ६ सय रुपैयाँ तिरेर र सामूहिक रूपमा प्रतिव्यक्ति ३ सय रुपैयाँ तिरेर बीमा गर्न सकिने व्यवस्था छ । समितिले ७५ करोड रकम उठाइसकेपछि भदौ १९ मा निजी ल्याबमा कोरोना परीक्षण गरेकाहरूलाई बीमा रकम नदिने बताएको थियो । तर चौतर्फी आलोचना गरेपछि समितिले आइतबार मात्र निजी ल्याबको रिपोर्टलाई पनि मान्यता दिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस