सिपाही र शिवपुरी जर्नलका लेखकलाई पुरस्कार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सिपाही र शिवपुरी जर्नलका लेखकलाई पुरस्कार


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


काठमाडौं । सिपाही वार्षिक-२०७६ र शिवपुरी जर्नलमा प्रकाशित मध्ये सहायकरथी सन्तोषबल्लभ पौडेलको नेपाली सेनाको पुर्नसरचना सम्वन्धी लेख/ रचना उत्कृष्ट घोषित भएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक मुख्यालय जङगीअड्डामा आज आयोजित कार्यक्रममा ती दुई वार्षिक प्रकाशनमा छापिएका लेखकमा प्रथम हुने प्रवक्ता एवं सहायकरथी पौडेललाई रु ५० हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरे ।

ती जर्नलमा छापिएकामध्ये प्रमुख सेनानी अनिलकुमार बुढाथोकीको नेपालको वाणिज्य तथा पारवहन सन्धी सम्बन्धी तथा प्रमुख सेनानी सुधिरप्रताप सिंहको एशिया प्रशान्त रणनीति विश्लेषण र मार्गचित्र सम्वन्धी लेख क्रमश :द्वितीय र तृतीय घोषित भए । समारोहमा द्वितीय र तृतीय हुने लेखकलाई क्रमश:रु ३५ हजार र रु २५ हजार नगद पुरस्कार प्रदान गरियो ।

त्यस अवसरमा सात जना लेखकलाई सान्त्वना पुरस्कार स्वरुप जनही रु १०/१० हजारसहित कदरपत्र प्रदान गरियो । प्रकाशित जर्नलमध्ये सिपाहीमा ३५ र शिवपुरीमा सात लेख रचना प्रकाशित छन् ।

रणनैतिक र सैनिक महत्वका विषयमा लेख रचना प्रेषित गर्दै प्रत्येक वर्ष प्रकाशन हुदै आएको यी जर्नलले बौद्धिक र संस्थागत विकासमा योगदान पुर्‍याउदै आएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस