असोज १ देखि कोटा प्रणालीबाट पत्रकार परिचय पत्र दिँदै सूचना विभाग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असोज १ देखि कोटा प्रणालीबाट पत्रकार परिचय पत्र दिँदै सूचना विभाग


२८ भाद्र २०७७, आइतबार


काठमाडौँ । सूचना तथा प्रसारण विभागले कोरोना सङ्क्रमणका कारण बन्द गरेको सेवा प्रवाहलाई सुचारु गर्न असोज १ गतेदेखि कोटा प्रणाली सुरु गर्ने भएको छ ।

दैनिक समाचार सङ्कलनमा जानुपर्ने सञ्चारकर्मीहरूलाई ध्यानमा राख्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण कार्य कोटा निर्धारण गरी व्यवस्थापन गर्ने विभागले जनाएको छ ।

‘दर्ता र नवीकरणको कार्य २०७७ साल भाद्रदेखि स्थगित भएकोमा काठमाडौँ उपत्यकामा देखिएको कोभिड–१९ को बढ्दो सङ्क्रमण यथावत् भएका कारण विभागमा हुने सेवाग्राहीको भिडभाडलाई व्यवस्थापन गर्दै सेवाग्राही र कर्मचारीमा हुन सक्ने सम्भावित सङ्क्रमणको जोखिमलाई न्यून गर्दै मिति २०७७ असोज १ गते बिहीबारदेखि लागू हुने गरी सेवा प्रवाह जारी राख्न कोटा निर्धारण गरिएको छ’, विभागद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

सेवा लिने सेवाग्राहीले प्रत्येक दिन कार्यालय समय बिहान १० बजेदेखि ११ बजेसम्म फोनमा अनिवार्य सम्पर्क गरी श्रमजीवी पत्रकारको नाम, काम र सम्बन्धित सञ्चारमाध्यमको नाम टिपाउनु विभागले जनाएको छ । साथै फोन सम्पर्क नगरी आउने सेवाग्राहीलाई सेवा प्रवाह हुनेछैन । नाम दर्ता आगामी सात दिनका लागि रहने र फोनमा प्राप्त भएको समयमा मात्र कार्यालयमा आउनु पर्ने पनि विभागले जनाएको छ ।

हेर्नुहोस् सूचना

 

Tags :
प्रतिक्रिया दिनुहोस