जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण


२८ भाद्र २०७७, आइतबार


काठमडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती स्थानानान्तरण गर्न ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रपतिले आइतबार साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराइन् ।

विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा राष्ट्रपति भण्डारीले दुःख व्यक्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस