अब सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अब सबै ल्याबमा दुई हजारमै पीसीआर टेष्ट


२८ भाद्र २०७७, आइतबार


काठमाडौं । सरकारले कोरोना भाइरस परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार आइतबारबाट लागू हुनेगरी सरकारले पीसीआर टेष्टको  शुल्क दुई हजार रुपैयाँ निर्धारण गरेको हो ।

सुरुमा पीसीआर टेष्टको शुल्क ५५०० तोकिएको थियो । पछिल्लो समय त्यसलाई घटाएर ४ हजार रुपैयाँ बनाइएको थियो ।

सरकारले सरकारी र निजी सबै प्रयोगशालामा अब दुई हजारभन्दा बढी शुल्क लिन नपाउने गरी निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस