यूएस ओपन च्याम्पियन बनिन् ओसाका « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यूएस ओपन च्याम्पियन बनिन् ओसाका


एजेन्सी

२८ भाद्र २०७७, आइतबार


काठमाडौं । जापानकी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

आइतबार बिहान भएको खेलमा ओसाकाले बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन् ।

ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै उपाधिमाथि जित्न सफल भएकी हुन् ।

उनले पहिलो सेट १–६ मा गुमाउँदा दोस्रो सेटमा ६–३ र तेस्रो सेटमा ६–३ को जित निकालेकी हुन् । योसँगै उनले यूएस ओपनको उपाधि दोस्रो पटक जितेकी छन् ।

सन् २०१८ को यूएस ओपनको उपाधि पनि उनले जितेकी थिइन् ।

त्यस्तै उनले सन् २०१९ को अष्ट्रेलियन ओपन टेनिस जितेकी थिईन् ।

Tags :
प्रतिक्रिया दिनुहोस