खानेपानी तथा ढल निकास विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

खानेपानी तथा ढल निकास विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त


२७ भाद्र २०७७, शनिबार


काठमाडौँ । खानेपानी तथा ढल निकास विभागमा पहिलो पटक महिला महानिर्देशक नियुक्त गरिएको छ ।

विभागका महानिर्देशक सुनिलकुमार दासलाई खानेपानी मन्त्रालय सरुवा गरेसँगै विभागकै उप महानिर्देशक रहेकी मीना श्रेष्ठलाई २३ औँ महानिर्देशकका रूपमा नियुक्त गरिएको हो ।

बिहीबार भएको सरुवासँगै शुक्रवारदेखि श्रेष्ठले जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

२०२९ सालमा स्थापना भएको विभागमा हालसम्म २२ जना महानिर्देशक नियुक्त गरिएको भए पनि महिलाले नेतृत्व पाएको भने पहिलो पटक हो । विभागको पहिलो महानिर्देशकका रूपमा हिरण्यजित मल्ल नियुक्त भएका थिए भने यस अघिका महानिर्देशक दास २०७५ मंसिर महिनामा महानिर्देश बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस