२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना आयो, क्या गजब भयो !

अ+ अ-

आहा ! क्या गजब भयो
उपयुक्त समयमा
कोरोना आयो
उसलाई त आनन्द भा ‘ को छ
भ्रष्टाचारमा चुर्लुम्म
डुबेर निस्कँदा
थुतुनो भरी
कालो पोतिएको बेला
समाजमा थुतुनो लुकाएर
कसरी हिँड्नु भनी
सोचिरहेको समयमा
क्या गजब गर्‍यो कोरोनाले
मुखौटो लगायो हिँड्यो
टन्टै साफ ।

मै हुँ भन्थ्यो उसले
खुबै हैकम जमाउँथ्यो
दम्भ देखाउँथ्यो
पर्‍यो बलात्कार काण्डमा
पन्छिन त खोजेकै थियो
साम, दाम, दण्ड, भेद
सबै उपाय लगाएर
उम्कन त खोजेकै थियो
तर के गरोस्
सबै प्रमाण
नष्ट गराउन सकेन
नाकै काटियो,
काटिएको नाक
लुकाई हिँड्न
बडो गाह्रो थियो समाजमा
क्या सही समयमा
आयो कोरोना
नाक लुकाउन समस्यै भएन ।

भ्रष्टाचारी,
बलात्कारी,
व्यभिचारी.
तस्कर र दलाल
फोस्रा आश्वासन
जनतालाई बाँडेर
पूरा नगर्ने
ढँटुवा र बेइमान
लाजै पचाएका
नजिक आउँदा पनि
थु थु थुक्नु पर्ने
कुहिएको सिनो जस्ता
ठुस्स गन्हाउने
कु-मान्छेहरूको
दुर्गन्धबाट बच्न
हामी पनि मास्क लगाऔँ ।

क्या उपयुक्त समयमा
आएछ कोरोना
ती दुर्गन्धित मनुवाको
दुर्गन्धबाट बच्न
मास्क लगाऔँ ।
कोरोनाबाट बच्न
मास्क लगाऔँ ।।
नाक, मुख छोप्ने गरी
एउटा मुखौटो लगाऔँ ।।।
—अस्तु—