नेकपा स्थायी कमिटी बैठक सुरु « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेकपा स्थायी कमिटी बैठक सुरु


२६ भाद्र २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । नेकपा कार्यदलले बुझाएको प्रतिवेदनलगायतका विषयमाथि छलफल गर्न बैठक बसेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेबाट बैठक सुरु भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको संयुक्त दस्तावेजबारे छलफल हुनेछ ।

अध्यक्षद्वय अ‍ोली र प्रचण्डले बुधबार बैठकका लागि संयुक्त दस्तावेज तयार पारेको थियो । उक्त दस्तावेजमा वरिष्ठ नेता माधवकुमार नेपालका १५ बुँदे असन्तुष्टीलाई भने समेटिएको छैन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको बताएका छन् । उनले गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण,सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प नरहेको बताए ।

उनले पार्टी एकताको पहलकर्ता र निर्णयकर्ता दुबै अध्यक्ष रहेको बताए । सल्लाहकार थापाले एकता जोगाउने समझदारी पनि दुई जना अध्यक्षहरूकै भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस