प्रदेश नं १ सरकारबाट स्थानीय पालिकालाई एक करोड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं १ सरकारबाट स्थानीय पालिकालाई एक करोड


२५ भाद्र २०७७, बिहिबार


विराटनगर । प्रदेश नं १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका लागि स्थानीय पालिकालाई थप रु १ करोड १० लाख उपलब्ध गराएको छ ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासनलगायतलाई आवश्यक रकम पठाइएको हो ।

मोरङ्गका सुनवर्षी र रतुवामाई नगरपालिकालाई रु १०/१० लाख तथा धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई रु पाँचपाँच लाखका दरले आइसोलेशन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाइएको छ । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई रु १० लाख तथा गौरीगञ्ज र कमल गाउँपालिकालाई रु पाँचपाँच लाख प्रदेश सरकारले पठाएको छ ।

यसैगरी इलाम अस्पताललाई रु १० लाख, उदयपुर अस्पताललाई रु १५ लाख र झुम्का कारागारलाई रु १० लाख पठाइएको छ ।

सुनसरी जिल्लाका क्वारेन्टिन, आइसोलेशन र होल्डिङ सेन्टर व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई रु १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई रु १० लाख प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो ।

स्थानीय पालिकाको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए । कोभिड महामारी पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको मुख्यमन्त्री राईको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस