डोनल्ड ट्रम्प नोवेल शान्ति पुरस्कार २०२१ का लागि मनोनित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

डोनल्ड ट्रम्प नोवेल शान्ति पुरस्कार २०२१ का लागि मनोनित


एजेन्सी

२५ भाद्र २०७७, बिहिबार


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सन् २०२१ को नोबेल शान्ति पुरस्कारको लागि मनोनित भएका छन् ।

संयुक्त अरब इमिरेटस युएइ र इजरायलबिचको ऐतिहासिक कुटनीतिक सम्बन्ध स्थापना गर्न ट्रम्पले महत्वपूर्ण भुमिका निभाएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कारको लागि मानोनित गरिएको बताइएको छ ।

उनको नाम नर्वेका संसद र नाटो संसदीय एसेम्बलीका अध्यक्ष क्रिस्टियन टाब्रिङ जेड्डीले पुस्कारका लागि मनोनित गरेका हुन्।

फक्स न्युजका अनुसार क्रिश्चियन टाब्रिङ जेड्डीले भने, ‘मलाई लाग्छ कि उनले आफ्नो योग्यताका लागि अन्य शान्ति पुरस्कारका उम्मेदवारहरू भन्दा राष्ट्रहरूबीच शान्ति स्थापना गर्ने बढी प्रयास गरेका छन्।’

क्रिस्टियनले नै सन् २०१८ मा उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्न सफल भएकोमा नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम मनोनित गरेका थिए।

अमेरिका कै पहलमा भएको सम्झौताका कारण सन् १९८४ मा अस्तित्वमा रहेको इजरायललाई मान्यता दिने अरब इमिरेट्स तेस्रो खाडी राष्ट्र बनेको थियो।

यही महिनामात्रै दुवै देशबीच टेलिफोन सेवा संचालन समेत भएको थियो दुबै देशबीच पहिलो व्यवसायिक हवाइ उडानसमेत सुरु भएको थियो।

पहिलो विमान यात्राबाट संयुक्त अरब इमिरेट्स पुगेको अमेरिकी अधिकारीसहितको इजरायली टोलीले त्यहाँका उच्च अधिकारीहरुसँग सम्बन्ध सुधारको बारेमा छलफल गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस