डडेल्धुरामा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डडेल्धुरामा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु


२३ भाद्र २०७७, मंगलबार


डडेल्धुरा । डडेल्धुरामा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–४ ढिमला भन्ने ठाउँमा ट्याक्टरबाट खस्दा १ जनाको मृत्यु भएको हो।

मृतक कैलालीको कैलारी गाउँपालिका–२का २० वर्षीय रञ्जित चौधरी रहेको डडेल्धुरा प्रहरीले जनाएको छ। सोमबार साँझ उनी ट्याक्टरबाट खसेर गम्भीर घाइते भएको र उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले जानकारी दिए।

उनका अनुसार ट्याक्टर ‘वान टेस्ट’ रहेको छ। ट्याक्टर बालुवा बोकेर जाँदै गरेको थियो। चालक कञ्चनपुरको बेलडाँडी नगरपालिका–३ का श्यामलाल डगौरालाई नियन्त्रणमा लिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस