मेरो देशको चिनारी हरायो  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मेरो देशको चिनारी हरायो 


२० भाद्र २०७७, शनिबार


गौतम बुद्ध जन्मिएको मेरो देश
करुणा र स्वज्ञानले भरिएको भाव
सत विचार, सत वचन अष्ठ मार्गमा
हिँड्न सिकाएको मानवता
कैलाश पति शिवको सुन्दर भूमि, सत्य, निरञ्जन, निराकार
भृकुटी, सीता र जनकको देश
महात्मा तपस्वीहरूको तपोभूमी
माया, प्रेम, सद्भाव,दया, परोपकारले भरिएका मनहरू
उफ !
आज त दिन दाहाडै मान्छे कुकुर सरी
टुक्रा, टुक्रा भई सुटकेसभित्र
सडकमा फ्याँकिन्छ ।
घरभित्रै झुण्ड्याँइन्छ चुँडाइन्छ ।
विकासका नाममा विनाश थपिँदै छ
परिणाम !

सरासरी गोली हानेर उडाइन्छ ।
बमसँगै पड्काइन्छ ।
बस्तीमा आगो लगाएर उठीबास बनाइन्छ ।
कुटपिटबाटै ज्यान लिइन्छ ।
हत्या, हिंसा, बलात्कार र भ्रष्टाचार
झाँगिइरह्यो
अपराधको जालो फिजिदै
भेडा बाख्रा सरी बेचिन्छ
श्रम, प्रतिभा बेच्दा
सपनाको संसारमा बन्द बाकस फर्किन्छ ।
प्रेमको निहुँमा कलिला कोपिलाहरूलाई
फर्कन नदिईकन तेजाबले पत्र पत्र विक्षिप्त बनाइरहे
हरेक वर्षको बाढी, पहिरोले बस्तीलाई बढारिरहेको,
निर्दोष मनहरू माटोमा विलीन भइरहेको
प्रकृति पनि असह्यले गर्दा रोइरहेको
विपद्को चपेटामा भोकसँग लडिरहेका पाल मुनिका
प्राणहरू मात्र भोकलाई मेट्न पाए
धन्य सम्झन्थे ।

कानुनको धज्जी उडाइन्छ ।
आफ्नै सुरक्षामा खटेको सुरक्षाकर्मी माथि
ढुङ्गा र मुढा बर्षान्छ,
बिचरा, च्व च्व !
तिनै महान् योद्धाहरू
देश र जनताको सेवामा
मुस्कुराउँदै घाम, पानी, झरी नभनी खट्नु पर्ने
रातभर जागा बसी
भोक, प्यास, निद्रा भुली
सेवामा समर्पित जीवन
परिवारमा खुसी भर्ने चाहाना अधुरो राखी
हरपल पहरेदारी भई
जीवन बचाउने अभिलाषा
घण्टौँ घण्टासम्म
सङ्क्रमित बिरामीहरूको रोगसँग कुनै
प्रवाह नगरी सेवा गर्ने हात,मनहरू विक्षिप्त पारी
उल्टै दुर्व्यवहार
आज भोलि स्वर्गैसरि मेरो भूमिमा
सद्भाव, सहिष्णुता हराउन थाल्यो
एकताको तन्तु टुक्रिएको आवास भो
बेखुसी, असन्तोषी, ईश्यालु, अनैतिक र पशुवत व्यवहार,
डर, त्रास, भयले शान्ति खलबल्याएको छ ।
हरायो मेरो मेरो देशको पहिचान
बचाऊ बुद्धभूमीरुपी,पहिचान

Tags :
प्रतिक्रिया दिनुहोस