देशलाई कामदार चाहिएको छ…. « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशलाई कामदार चाहिएको छ….


२० भाद्र २०७७, शनिबार


देशलाई कामदार चाहिएको छ, हामी सल्लाहकार खोजिरहेछौँ ।
जिम्मेवार पद उभ्याइएको छ, हामी खाटि नातेदार खोजिरहेछौँ ।।

जान्ने त आफू मात्र हो अरू सबै, अबुझ अनपढ र लाछी भन्दै
कामैकामको धुरी चुल्याइएको छ, हामी भुत्ते धार खोजिरहेछौ ।।

मानवता लुकेको मान्छेहरू बाटै, मानवताकै आत्मा भरिएको
असङ्ख्य महामानव चाहिएको छ, हामी दुई चार खोजिरहेछौँ ।।

सबै जाती भाषा धर्म र वर्णको, मनमोहक यही फूलबारीमा
सहिष्णुताको बहार छाएको छ, हामी त काटमार खोजिरहेछौँ ।।

राम्रो नराम्रो के किन हो पत्तो छैन, आँखा अरुकै भागमा लगाई
उपहार सिङ्गो जीवन पाइएको छ, हामी अपहार खोजिरहेछौँ ।।

Tags :
प्रतिक्रिया दिनुहोस