थप ४१ जना लेखा अधिकृतहरूको सरुवा(नामावलीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थप ४१ जना लेखा अधिकृतहरूको सरुवा(नामावलीसहित)


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । महालेखा नियन्त्रकको कार्यालयले ४१ लेखा अधिकृतहरूको सरुवा गरेको छ ।

कार्यालयले बिहीबारको निर्णय अनुसार विभिन्न निकायमा कार्यरत लेखा अधिकृतहरूको सरुवा गरेको हो । भदौ ७ गते मात्रै महालेखाले ५३ जना लेखा अधिकृतहरूको सरुवा गरेको थियो ।

सम्बन्धित समाचार : ५३ जना लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापना(नामावलीसहित)

भदौ ७ गते ७३ जना लेखापालहरूको पनि सरुवा भएको थियो ।

सम्बन्धित समाचार : ७३ जना लेखापालको सरुवा

निजामती कर्मचारीमा सामान्यतया दुई वर्षमा कर्मचारीको सरुवा गरिन्छ तर पछिल्ला केही समय वर्षमै दुई पटक र कतिपय अवस्थामा खास गरी उपल्लो तहमा तीन–चार पटकसम्म सरुवा गरेको उदाहरण भेटिन्छ । हाल विश्व महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणसँगै कर्मचारीको सरुवाले सङ्क्रमण सर्न सक्ने भन्दै कर्मचारी वृत्तबाट विरोध भइरहेको भए पनि सम्बन्धित निकायहरूले भने नियमित प्रक्रिया भन्दै धमाधम सरुवा गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस