कर्फ्यु समीक्षा गर्न ललितपुरमा सुरक्षा समितिको बैठक « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कर्फ्यु समीक्षा गर्न ललितपुरमा सुरक्षा समितिको बैठक


१९ भाद्र २०७७, शुक्रबार


ललितपुर । ललितपुरमा लगाइएको कर्फ्यु हटाउने वा निरन्तरता दिने भन्ने विषयमा ललितपुरको सुरक्षा समितिको बैठक बसिरहेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा हिजो भएको झडप र कर्फ्युपछिको अवस्थाबारे समीक्षा भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

रातो मत्स्येन्द्रनाथ रथ तान्ने समूह र प्रहरीबिच बिहीबार पुलचोकमा झडप भएपछि प्रशासनले शुक्रवार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि केही क्षेत्र तोक्दै कर्फ्यु आदेश जारी गरेको थियो ।

शुक्रवार कर्फ्युकै बिच मत्स्येन्द्रनाथको क्षमा पूजा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस