रातो मासु मुटु रोगीका लागि घातक : अध्ययन « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

रातो मासु मुटु रोगीका लागि घातक : अध्ययन


एजेन्सी

१९ भाद्र २०७७, शुक्रबार


सिड्नी । अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ ।

दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।

प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको वृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् ।

त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ ।

अध्ययन टोलीका अनुसन्धानकर्ता डा. पेर्माल डेओले भने, ‘रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुर्‍याउने देखिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस