वडाध्यक्षलाई कारवाही नगरेसम्म कर्मचारीद्वारा कामकाज बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडाध्यक्षलाई कारवाही नगरेसम्म कर्मचारीद्वारा कामकाज बन्द


१७ भाद्र २०७७, बुधबार


काठमाडौँ । देवदह नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारी रमेश गिरी(अधिकृत सातौँ)लाई वडा नम्बर १२ का वडाध्यक्ष बाबुलाल यादवले धम्की दिएको विषयमा नगरपालिकाका कर्मचारीले घोर भर्त्सना गरेका छन् । साथै वडाध्यक्ष यादवलाई कारबाहीको दायरामा नल्याउन्जेलसम्म कर्मचारीबाट गरिने कार्यसम्पादन गर्न नसकिनेसमेत कर्मचारीले जनाएका छन् ।

यादवले आज बिहान ८ः१० बजे घरमै बसिरहेको समयमा मोबाइलमा फोन गरी गाली गरेको कर्मचारीले जनाएका छन् ।

घरमै बसिरहेको समयमा मोबाइलबाट अत्यन्तै अमर्यादित, सुन्न नसकिने अपशब्द प्रयोग गरी गाली बेइज्जती गर्ने र धम्की दिने कार्य गरेको र कार्यप्रति देवदह नगरपालिका कर्मचारी परिवार घोर भर्त्सना गर्दछ कर्मचारी परिवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, निजलाई कानुनी कारबाही नहुँदासम्म देवदह नगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूको कामकाज गर्ने मनोबल नै नभएको हुनाले निजलाई कारबाहीको दायरामा ल्याउन देव दह नगरपालिका र सम्बद्ध सबैसँग अनुरोध गर्ने एवं त्यतिन्जेलसम्म कर्मचारीबाट गरिने कार्यसम्पादन गर्न नसकिने ब्यहोरा सम्बद्ध सबैमा जानकारीका लागि अनुरोध छ ।

यसबाट सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति सम्पूर्ण कर्मचारी परिवार क्षमाप्रार्थि छ, विज्ञप्तिमा उल्लेख छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस