उपयुक्त विधिबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आग्रह « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

उपयुक्त विधिबाट विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आग्रह


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सबै विकल्पमध्ये उपयुक्त विधिमार्फत विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन आग्रह गरेको छ ।

युनियनले आज प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ का कारण सम्पूर्ण शैक्षिक संस्था विगत केही महिनादेखि ठप्प भएको अवस्थामा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सम्भव हुने सबै विकल्प अपनाउन सम्बन्धित निकायसँग आग्रह गरेको हो ।

‘हाल अनलाइनको सहज पहुँच नभएका विद्यार्थीहरुको हकमा एटेन्डेन्स लगायतको कुराहरुको व्यवस्थामा लचकता देखाई रेकर्डिङ लगायतका विकल्प उपलब्ध गराउनाका साथै पठनपाठन एवम् मूल्याङ्कनका सम्पूर्ण कार्यविधि योजनाहरु समेटिएको स्पष्ट अनलाइन एकाडेमिक क्यालिन्डर उपलब्ध गराइयोस्’, विज्ञप्तिमा भनिएको छ ।

युनियनले बन्दाबन्दी लम्बिदै गएमा थप क्षति हुन नदिनका लागि अहिलेको सेमेस्टरलाई अनलाइनमार्फत टुङ्गो लगाई नयाँ सेमेस्टरको सञ्चालनका लागि सकिएको सेमेस्टरहरुको वैकल्पिक परीक्षाको टुङ्गो लगाउनसमेत माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस