बेलायतमा बन्यो १२ मिनेटमै कोरोना रिपोर्ट दिने टेष्ट किट « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

बेलायतमा बन्यो १२ मिनेटमै कोरोना रिपोर्ट दिने टेष्ट किट


एजेन्सी

११ भाद्र २०७७, बिहिबार


काठमाडौं । बेलायतमा कोरोना परीक्षण गरेको १२ मिनेटमै नतिजा दिने टेष्ट किट बनेको छ । बेलायतको स्वास्थ्य उपकरण बनाउने लुमिराडिएक्सले बनाएको उक्त किट सजिलो र भरपर्दोसमते रहेको दाबी गरिएको छ ।

लुमिराडीएक्सका प्रमुख कार्यकारी अधिकृत रोन जवानजिगरले यस टेस्ट किटको नतिजा छिटो आउने नभएर नतिजा भरपर्दो रहेको बताएका छन्। उनले यसको आधारमा संक्रमितको उपचार छिटो हुने र अन्यलाई संक्रमण सर्ने क्रम पनि रोक्न सहयोगी हुने बताएका छन्।

अहिले परीक्षणमा रहेका कोरोना टेष्टक किटहरुले कम्तिमा पनि ९० मिनेटमा परीक्षणको नतिजा निे गरेका छन् । उक्त प्रयोगमा रहेका किट भन्दा निकै भरपर्दो रहेको दाबी गएिको छ । यो किटलाई अमेरिकाका फेडरल ड्रग्स एडमिनिस्ट्रेसनले अनुमति दिइसकेको छ । युरोपमा भने अनुमतिको अन्तिम चरणमा रहेको छ ।

यो किटले जहाँ पनि जुनसुकै स्थानमा पनि सजिलै कोरोना परीक्षण गर्न सकिने बताइएको छ । स्कटल्याण्डले लुमिराडीएक्ससँग ५ लाख परिक्षणका लागि ३ सय टेस्ट किट मेशिनको सम्झौता गरिसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस